इलेक्ट्रोनिक म्युजिकमा पुरानो सारंगी बजाउँछु

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण
इलेक्ट्रोनिक म्युजिकमा पुरानो सारंगी बजाउँछु

किरण नेपाली, सारंगीवादक

अहिले मैले पुरानो सारंगीलाई इलेक्ट्रोनिक म्युजिकमा राखेर बजाइरहेको छु । अहिले क्लबमा, डिजे पार्टी र कन्सर्टहरूमा हाई पिचदेखि लो पिचसम्म लोकबाजा बजाइरहेका छौँ । क्लबमा पनि मानिसहरूलाई सारंगी बजाएर नचाउँदै छौँ । सारंगीबाटै फरक–फरक साउन्ड निकाल्न सकिन्छ । बाँसुरी र मादलको पनि त्यस्तै आउँछ, हामीले प्रविधिअनुसार चल्नुपर्छ । 

मौलिक बाजाको आफ्नै महत्व हुँदाहुँदै यसमा अलिकति नयाँपन थप्न जरुरी देखेको छु । यसो गर्दा हाम्रा मौलिक बाजालाई पनि अन्तर्राष्ट्रिय फोरमसम्म लैजान सहज हुन्छ । नेपाली बाजा चाडपर्व, लोकदोहोरी र विरहका गीतमा मात्र बज्छ भन्ने मान्यतालाई अब परिवर्तन गर्नुपर्छ । सारंगीलाई पनि हाई भोलुममा ठूला कन्सर्टमा बजाउन सकिन्छ भनेर देखाउनुपर्छ । 

See More On

सुझावित समाचार