१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

घरभित्रै वृद्धा मृत फेला, घटना रहस्यमय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २३:१६:oo

गुल्मीको इस्मामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठका अनुसार वृद्धाको घरमा ढोकामा चाबी लागेको छ भने वृद्धा घरभित्र मृत अवस्थामा छिन् । मृतक थापाका नाक र कानमा लगाइएका गहनाहरू नभएको श्रेष्ठले बताए । 

वृद्धा दुई दिनदेखि गाउँमा हिँडडुल नगरेको स्थानीयले बताए । ‘ढोकामा ताल्चा लगाएको छ । वृद्धा घरभित्र मृत र गहना छैनन्,’ उनले भने, ‘घटना रहस्यमय देखियो । मुचुल्कापछि शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाएका छौँ ।’ 

ad
ad