Skip This
लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Friday, 26 July, 2024
रासस बेरुत
२o७९ कार्तिक २७ आइतबार १२:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु

Read Time : < 1 मिनेट
रासस, बेरुत
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १२:४३:oo

लेबनानमा हैजा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ। उत्तरी लेबनानमा केही हप्तायता सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले उत्तरी लेबनानका हैजा प्रभावित जिल्लामा शनिबारदेखि यो अभियान सुरु भएको जनाएको छ। यो अभियान एक हप्तासम्म सञ्चालन गरिनेछ।

एक हप्तामा यहाँका कम्तीमा ६ लाख मानिसलाई हैजाविरुद्धको खोप दिइने यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। गत अक्टोबर ६ तारिखमा यहाँको स्वास्थ्य मन्त्रालयले देशमा हैजा देखिएको जनाएको थियो। त्यसयता यो रोगबाट १८ जनाको ज्यान गएको छ भने अरू हजारौँ बिरामी भएका छन्। लेबनानले सहयोगका लागि विश्व समुदायलाईसमेत आग्रह गरेको थियो।

यसैबीच संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराएको छ। हैजाको प्रकोप नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाई एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो।

यहाँ देखिएको हैजाबाट चार सय ९० बिरामी अस्पतालमा राखिएको जनाइएको छ। यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ६ देखि नै यहाँ हैजा भेटिएको र त्यसयता हैजाको संक्रमण फैलिएको छ।