मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ कार्तिक २७ आइतबार ११:५२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले यू–१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २७ आइतबार ११:५२:००

नेपालले महिला क्रिकेटतर्फ ठूलो प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अवसर पाएको छ । आइसिसीले नेपाललाई बंगलादेशसँग मिलेर सन् २०२७ को अन्डर– १९ महिला टी– २० विश्वकप आयोजना गर्ने अवसर प्रदान गरेकाे छ ।

नेपालले पहिलोपटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो । आइसिसीले आइतबार सन् २०२७ मा महिलातर्फको यू– १९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो ।

जसमा नेपालले बंगलादेशसँग मिलेर यू– १९ महिला टी–२० विश्वकपको आयोजना गर्नुपर्नेछ । ०२४ को यू– १९ पुरुष विश्वकप भने श्रीलंका, सन् २०२६ को पुरुष यू– १९ विश्वकप जिम्बाबे र नामिबियाले आयोजना गर्ने भएका छन् । यस्तै, सन् २०२५ को यू– १९ महिला विश्वकप मलेसिया र थाइल्यान्डले आयोजना गर्ने भएका छन् ।