१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार १३:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गभर्नर नियुक्ति चाँडै पार लाउँछौँ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १३:o९:oo

सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा केही समस्या नभएको दाबी गरेका छन्। आज (शुक्रबार) आफ्नै निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समसामयिक विषयबारे जानकारी गराउँदै उनले बाहिर हल्ला भएजस्तो कुनै समस्या नरहेको ब्रिफिङ गरेको बैठकमा सहभागी एक पदाधिकारीले सुनाए। 

सभापति देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा प्राविधिक समस्या देखिएको भन्दै त्यसलाई छिट्टै पार लगाउने बताएका छन् । पदाधिकारी बैठकमा यसबारे प्रधानमन्त्रीसँग समेत कुरा भइसकेको बताएको एक पदाधिकारीले जानकारी दिए ।

‘गर्भनरका विषयमा प्राविधिक समस्याका कारणले लम्बिएको छ, हामीबिचमा एउटा सहमति भइसकेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले सुनाए, ‘हामी छिट्टै यसलाई पार लगाउँछौँ भनेर सभापतिले भन्नुभयो । प्रधानमन्त्रीसँग कुरा भइसकेको छ भन्ने जानकारी गराउनुभयो ।’ केही दिनअघिको एक सार्वजनिक कार्यक्रममा पनि उनले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्त हुन नसकेको बताएका थिए ।