१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

लक्ष्मीकन्याको ‘छरिएका खुसीहरू’ निबन्धसंग्रह बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:o७:oo

जुम्लाकी सर्जक एवं युवा नेतृ लक्ष्मीकन्या बुढाले लेखेको निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ बजारमा आएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जुम्लामा पुस्तकको संयुक्त रूपमा विमोचन गरेका छन् ।

पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले समाजको वास्तविक चरित्रलाई शब्द चित्रण गर्दै प्रकाशनमा ल्याएर गतिलो सन्देश दिने सर्जक स्रष्टाप्रति आभारी रहेको बताए । उनले भने, ‘समाजमा उपलब्ध यस्ता सिर्जना र प्रतिभाहरूको संरक्षण गर्नुपर्छ ।’

लेखिका बुढाले वर्तमान राजनीतिका कारण निराश भएर बसेका पूर्णकालीन कार्यकर्ता, सहिद परिवार र घाइेत अपांगहरूको समस्या र अवस्थालाई पुस्तकमार्फत बजारमा ल्याएकी छिन् ।  

उक्त निबन्धसंग्रहको सारले भन्छ, ‘अहिलेको उपलब्धि हाम्रो रगत र पसिना साटेर आएको हो । हामीले निराश होइन, खुसी हुनुपर्छ । हाम्रा छरिएका खुसीहरूको संगम एउटै हुनुपर्दछ । किनकि राष्ट्रको परिवर्तनसँग हाम्रो सम्बन्ध जोडिएको छ ।’

त्यस्तै, पिछडिएका क्षेत्रका महिलाको विद्यमान अवस्था, बालविवाह, श्रम, कार्यबोझदेखि समाजमा भएका विकृति, सांस्कृतिक कुप्रथा र त्यसले मानवीय जीवनमा पारेका प्रभावलाई पनि निबन्धसंग्रहमार्फत उजागर गरिएको छ ।

यसअघि लेखक बुढाका ‘कर्णालीमा महिला’ भाग– १ (०७२) र २ (०७५) बजारमा छन् । तेस्रो कृति ‘मुक्ति अभियान’ ०७७ पनि प्रकाशन गरेकी बुढाले निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ ०७९ चौथो कृतिका रूपमा प्रकाशनमा ल्याएकी हुन् । लेखक बुढा नेकपा (माओवादी केन्द्र) जुम्लाबाट प्रदेश सभाका समानुपातिकतर्फको उम्मेदवार पनि हुन् ।
 

ad
ad