मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक २५ शुक्रबार ०८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमानलाई भोट माग्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने– संविधानकाे रक्षा र संस्थागत विकासका लागि गठबन्धनलाई मत 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २५ शुक्रबार ०८:५९:००

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष (नेसपा) संयोजक डा. बाबुराम भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्तागठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।  

काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहलाइं मत माग्ने क्रममा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं क्षेत्र नम्बर  १ का सन्दर्भमा सिंह योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ट छ । सामान्य अवस्थामा दलहरूबीच  प्रतिस्पर्धा हुन्छ, तर यसपटक प्रतिगमनकारी शक्तिहरूको विरुद्ध अग्रगमनकारीको लडाइँ हो । उहाँ योग्य व्यक्ति हुनुहुन्छ । स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ,’ उनले भने, ‘हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा र संस्थागत विकासको सुनिश्चितता हुन्छ ।’

त्यस्तै, सिंहले पनि संविधान कार्यान्वयनका लागि म्यान्डेट दिन आग्रह गरे । उनले तीनै तहको सरकारलाई अधिकारसम्पन्न बनाएर संघीयताको महसुस हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘संविधान बन्यो । कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयनको अवसर दिन आग्रह गरे । संविधानलाई रक्षा गर्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्दै र संस्थागत गर्दै विकास निर्माणलाई अगाडि बढाउन गठबन्धनलाई मत आवश्यक छ।’