मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Monday, 16 December, 2024
२o७९ कार्तिक २४ बिहीबार १५:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कास्की १ मा रोचक भिडन्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार १५:५६:oo

आगामी ४ मंसिरमा हुने निर्वाचनमा कास्कीबाट प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र छन् । तीन सदस्यका लागि विभिन्न दलका ३२ र स्वतन्त्र १४ स्वतन्त्र गरी ४६ जना चुनावी मैदानमा छन् । यति धेरै उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा भने लोकतान्त्रिक–वाम गठबन्धन र एमालेबीच नै हुने अनुमान धेरैको छ । 
कास्की १ मा कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल र एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ आमने–सामने छन् । ठूला दलका जिल्ला पार्टी प्रमुख आमने–सामनेसमेत भएकाले कास्की १ मा रोचक भिडन्त छ । 


कास्की १ मा प्रतिनिधिसभा सदस्यका लागि ठूला पार्टी एमाले र कांग्रेसका जिल्ला अध्यक्ष भिडेका छन् । कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ उम्मेदवार खरो प्रतिस्पर्धामा उत्रेका छन् । 

दुई पार्टीका जिल्ला प्रमुखहरू नै उम्मेदवार रहेकाले यस क्षेत्रमा प्रतिस्पर्धा रोचक बनेको छ । यस क्षेत्रमा प्रतिनिधिसभाका लागि दुई स्वतन्त्रसहित १४ जनासँगै प्रदेशतर्फ १ (क) मा दुई स्वतन्त्र र विभिन्न दलका ६ गरी आठ जना र १ (ख)मा विभिन्न दलका गरी सात उम्मेदवार चुनावी मैदानमा छन् ।

बराल पहिलोपटक निर्वाचनमा होमिएका हुन् भने गुरुङ प्रदेश सभा हुँदै प्रतिनिधिसभाको उम्मेदवार भएका हुन् । ०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार गुरुङ कास्की १ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । 

एमाले उम्मेदवार गुरुङले राष्ट्रियता र स्वाधीनताको रक्षा, आर्थिक समृद्धि, विकास निर्माण, समाजिक सुरक्षा, सुशासन, लोककल्याणकारी राज्य स्थापनाका लागि मतदाताको मत एमालेले पाउने दाबी गरे बताए । 

कास्कीमा पार्टीको संगठन बलियो रहेको, उम्मेदवार भएका नेताहरू अनुभवी, सक्षम र योग्य रहेका जनतासँग भिजेका, जनताको सुखदुःखमा साथ दिएकाले ४ मंसिरको निर्वाचनमा मतदाताले आफूहरूलाई मत दिने विश्वास उनको छ ।

कांग्रेसका उम्मेदवार बरालले संसद् र सांसदको मर्यादा, राजनीतिमा शुद्धतामा प्रतिबद्धता, समृद्धिको निकास गुणस्तरीय र योजनाबद्ध विकास, देशमा शान्ति र समृद्धि, कृषि तथा पर्यटनमा क्रान्ति, उद्यमशीलता र सीप, शिक्षामा सुधार गर्ने एजेन्डा बनाएका छन् । 

उनले निर्वाचन जित्ने पहिलो आधार नै आफ्नो एजेन्डा रहेको विगतमा लामो समय शिक्षण पेसासँगै विभिन्न सामाजिक काममा सक्रिय भएकाले धेरै जनतासँग आफूले काम गरेकाले जनमत पाउने र गठबन्धनका पाँच दलको मत पनि जितको आधार रहेको बताए । 

आफू नयाँ भएको र जनतामा नयाँ व्यक्तिले काम गर्छ भन्ने विश्वास रहेकाले पनि जितका लागि आफूलाई सहज हुने दाबी उनको छ ।

कास्की १ को अंकगणित
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिकाका प्रमुख र पोखरा महानगरका वडाध्यक्षहरूले पाएको मतको आधारमा पाएको मतको हिसाब गर्दा पाँचदलीय गठबन्धन पाँच हजार पाँच सय २६ मतले अगाडि छ । स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धनले ३६ हजार दुई सय १८ र एमालेले ३० हजार ६ सय ९२ मत पाएको थियो ।