दाङका दुई उम्मेदवार एमालेमा प्रवेश गरेका छन् । दाङ क्षेत्र नम्बर २ मा मौलिक जरोकिलो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र खड्का र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार कृष्णवीर नेपाली एमाले प्रवेश गरेका हुन् ।
दुवैलाई एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पार्टीका महासचिव शंकर पोखरेलले बिहीबार पार्टी प्रवेश गराए । दुवैले आफू उम्मेदवार रहेको पार्टीको साधारण सदस्य त्यागेर एमालेमा प्रवेश गरेको बताए ।
यो क्षेत्रमा एमालेबाट पोखरेल र गठबन्धनका तर्फका माओवादीकी रेखा शर्मा उम्मेदवार छन् ।