डोटीमा आज पनि परकम्प गएको छ । भूकम्पपछि अहिलेसम्म करिब तीन सय परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७, राति नै ९ बजेर ५६ मिनेटमा ४.१ र बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प मापन भएको छ ।
उनका अनुसार अहिलेसम्म १.७ देखि ३.९ रेक्टर स्केलमा भूकम्प गएका छन् । आज बाजुरा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। तर, प्राविधिक सहायक शर्माले यसलाई परकम्प भनेका छन् ।