१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १८ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक १८ शुक्रबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कृषि औजार कारखानाको मर्मतसम्भार सुरु, एक वर्षमा १५ किसिमका औजार उत्पादन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १८ शुक्रबार ११:५३:oo

वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य सुरु गरिएको छ। दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत संकलन सुरु भएको हो।

गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेपश्चात केन्द्रले गत मंगलबारदेखि कारखानाको सरसफाइ र मर्मतसम्भार गर्न थालेको छ। २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाएका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन तथा नयाँ उपकरणहरुको आविस्कार गर्ने बताए।

सरकारले आविष्कार केन्द्रलाई पूरै स्वामित्व नदिएर सञ्चालन गर्ने अधिकार प्रदान गरेको हो। कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरुको रिपेयर डाटा संकलन गरिएको पुनले बताए। उनका अनुसार बिजुलीका वाइरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको छ। सकेसम्म औजारहरु छिटो उत्पादन गर्ने सोच रहेको उनको भनाइ छ। रिनोभेसनका लागि कम्तिमा १० महिना लाग्ने अनुमान गरिएको छ। पुनका अनुसार आविश्कार केन्द्रले दोस्रो वर्षमा किसानलाई चाहिने नयाँनयाँ कृषि औजारको उत्पादनमा जोड दिनेछ।

अध्यक्ष पुनले पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसकेपनि एक वर्षभित्र १०÷१५ किसिमका कृषि औजारहरु उत्पादन गर्ने लक्ष्य लिएको बताए। २/३ वर्ष भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि आविष्कार केन्द्र अघि बढेको उनको भनाइ छ। आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहित रहने छ। सहमतिअनुसार यसको नाफा केन्द्र र सरकारले बराबर पाउनेछन्।