धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन थालेको छ। उपमहानगरले बुधबारबाट डोजर लगाएर त्यस्ता संरचना हटाउन सुरु गरेको हो।
सडक विस्तार गर्न धनगढीका मेयर गोपाल हमाल आफैँ फिल्डमा खटिएका छन्। उनले मुख्य बजार क्षेत्रको सडक ३० मिटर फराकिलो बनाउन लागिएको बताए।