१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक १७ बिहीबार o८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सबैभन्दा धेरै लगानी प्रतिबद्धता केमा ?

अर्थ र अंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार o८:४३:oo

चालू आर्थिक वर्षको दुई महिनामा दर्ता भएका उद्योग–परियोजनाहरू हेर्दा जलविद्युत् क्षेत्रमै सबैभन्दा बढी लगानी प्रतिबद्धता देखिएको छ । दोलखाको बिगु गाउँपालिकामा ९९.८ मेगावाटको जलविद्युत् परियोजनामा १६ अर्ब २२ करोड रुपैयाँ लगानी गर्ने गरी तामाकोसी जलविद्युत् कम्पनी लिमिटेड (तामाकोसी पाँचौँ जलविद्युत् आयोजना) विभागमा दर्ता भएको छ । 

मोरङमा एक अर्ब ५० करोडमा जानकी पोलिकेम खुल्नेछ भने मनाङको नासो गाउँपालिकामा ३०.४० मेगावाटको जलविद्युत् परियोजनामा कार्बनलेस इनर्जी फन्ड प्रालिले पाँच अर्ब ९६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ मा दुई अर्ब ५३ करोड रुपैयाँ लगानी गरेर १४.५ मेगावाट र एसके इनर्जी डेभलपमेन्ट प्रालिले भोजपुर षडानन्द नगरपालिकामा एक अर्ब ३२ करोड रुपैयाँ खर्चिएर ७.२७ मेगावाटको जलविद्युत् परियोजना बनाउने गरी कम्पनी दर्ता गरेका छन् । 

ओमेगा इनर्जी डेभलपमेन्ट प्रालिले १४ मेगावाटको माथिल्लो सुलीगाड जलविद्युत् परियोजनामा तीन अर्ब, ट्रस्ट इनर्जी लिमिटेडले ताप्लेजुङको मिक्वाखोलामा ३० मेगावाटको परियोजना बनाउन पाँच अर्ब ३८ करोड, नुम्बुर दूधकुण्ड हाइड्रोपावरले सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकामा ९.४८ मेगावाटको परियोजना बनाउन दुई अर्ब १६ करोड, यारु हाइड्रोपावरले गोर्खाको धार्चे गाउँपालिकामा ३०.५९ मेगावाटको परियोजना बनाउन पाँच अर्ब ८१ करोड, हलेसी हाइड्रोपावरले खोटाङ ऐँसेलुखर्क नगरपालिकामा ५.४ मेगावाटको परियोजना बनाउन एक अर्ब सात करोड र शिखर पावर डेभलपमेन्ट लिमिटेडले बाग्लुङको बडीगाड गाउँमा ६.०५ मेगावाटको परियोजनामा एक अर्ब नौ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

ad
ad
ad
ad