१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरी एकजनाको बीभत्स हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४१:oo

ललितपुरको सुनाकोठीमा धारिलो हतियार प्रयोग गरी एकजनाको बीभत्स हत्या भएको छ। ललितपुर महानगरपालिका– २७ सुनाकोठीमा डेरामा बस्दै आएका अन्दाजी ३५–४० वर्षीय रामचन्द्र राईको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीका अनुसार रामचन्द्रको हत्या आरोपमा घटनालगत्तै  सँगै डेरा गरी बस्दै आएका ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा राजेन्द्रलाई प्रहरीले सुनाकोठीबाटै पक्राउ गरेको थियो । 

उनीहरू दुवैजना चिनजानका भएको एसपी शाहीले जानकारी दिए । उनका अनुसार दुवैजनाले मादक पदर्थ सेवन गरेपछि विवाद र झगडा सुरु भएको थियो । सोही क्रममा  राजेन्द्रले धारिलो हतियार प्रयोग गरी रामचन्द्रको हत्या गरेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । हत्या आरोपी राजेन्द्रलाई महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा राखिएको छ ।
 

ad
ad