मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक ९ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ९ बुधबार २१:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महिलाको तस्बिर दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ९ बुधबार २१:o७:oo

नेपाल प्रहरीले महिलाको तस्बिर दुरुपयोग गरी गैरकानुनी कार्य गर्ने एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्युरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्बिर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री सामाजिक सञ्जालमा लेखी चरित्रहत्या गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका– ८ का रवीन्द्र भण्डारीलाई पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सामाजिक सञ्जालमा पीडित महिलाको तस्बिर दुरुपयोग गरेर अनावश्यक दुःख हैरानी दिएकाले पक्राउ गरिएको जानकारी दिए। 

भण्डारीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रायले बताए।