१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७९ कार्तिक ३ बिहीबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अब राप्रपा र जसपा जोगाउने दायित्व पनि हाम्रो हो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार १४:१o:oo

एमाले अध्यक्ष केपी ओलीले ४ मंसिरको चुनावपछि पनि राप्रपा र जसपालाई जोगाउने दायित्व एमालेको भएको बताएका छन् । 

झापाको दमकमा आज भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो चुनावी तालमेल चुनावसम्मलाई मात्र हाेइन, चुनावभन्दा पछिसम्म हो । सरकार बनाउँदा पनि उहाँहरूलाई हामी साथै लिएर जान्छौँ । किनभने उहाँहरूलाई एमालेको साथ किन लागिस् भनेर पनि हमला गर्न सक्छन् । त्यसबाट उहाँहरूलाई हामीले जोगाउनुपर्छ । हामीले उहाँहरूको साथ लिएका छौँ, साथ दिएका छौँ ।’

४ मंसिरको निर्वाचनपछि राप्रपा र जसपालाई साथै लिएर एमाले नेतृत्वमा सरकार बनाउने उनको भनाइ छ । उनले झापामा राप्रपाले एमालेलाई पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । 

‘हामी प्रतिनिधिसभामा झापा ३, प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (ख) र ४ (ख) मा राप्रपालाई सहयोग गर्छौँ,’ उनले भने, ‘अन्य ठाउँमा प्रत्यक्षमा राप्रपाले हामीलाई साथ दिन्छ । समानुपातिकमा आफ्नो–आफ्नो ठाउँमा भोट हाल्छ ।’

ad
ad
ad
ad