१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७९ कार्तिक २ बुधबार १२:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोली प्रहार गरी सहकारी लुटपाट, एक युवक गम्भीर घाइते 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ कार्तिक २ बुधबार १२:०८:००

सर्लाहीको बागमती नगरपालिकास्थित एक सहकारीको सेवा केन्द्रमा लुटपाट भएको छ । बुधबार बिहान १० बजेको समयमा बागमती नगरपालिका– १, मिलनचोकमा रहेको सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । अज्ञात समूहले केन्द्रमा काम गर्ने ३० वर्षीय साजन कार्कीलाई गोली हानेर लुटपाट गरेको सहकारीले जनाएको छ । 

कार्कीलाई लुटेरा समूहले चलाएको बन्दुकबाट चार गोली लागेको प्रहरीले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको हो । गोली लागेका कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि हेलिकाेप्टरबाट काठमाडौं लैजाने प्रयास भइरहेको छ । 

तीनजनाको समूहमा नम्बर नखुलेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराले गोली हानेको सहकारीका दिनेश श्रेष्ठले बताए । उनीहरूले केही दिनदेखि उक्त शाखामा कार्यरत कार्कीको निगरानी गरिरहेको खुलेको छ । लुटेरा समूहले बिहान कार्यालय खोल्नेबित्तिकै कार्कीमाथि आक्रमण गरेर लुटपाट गरेका थिए । 

कार्कीले पैसा बोकेर आएको ब्यागबाट पैसा ड्रयरमा खन्याएपछि उनीहरूले आक्रमण गरेर ब्याग लिएर गएको श्रेष्ठले बताए ।  लुटेरा समूहले ब्याग लगेको भए पनि पैसा भने लान नपाएको घाइतेलाई उदृत गर्दे श्रेष्ठले बताए । घटनालगत्तै लुटेरा समूह भने फरार भएकाे छ । उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।