मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक १ मंगलबार २१:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा बहुमतका मकवानपुर इन्चार्ज र सेक्रेटरी पक्राउ

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १ मंगलबार २१:२२:००

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका मकवानपुर इन्चार्ज र सेक्रेटरीलाई मकवानपुर प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्चार्ज ध्रुव खड्का र सेक्रेटरी विक्रम राना शक्ति छन् । 

उनीहरूलाई हेटौँडा ५ पिप्ले क्षेत्रबाट ४ मंसिरको निर्वाचन अवज्ञा गरौँ भन्दै भित्ते लेखन र पर्चा बाँड्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । निर्वाचन बिथोल्ने किसिमको गतिविधिमा संलग्न देखिएकाले पक्राउ गरिएको उनको भनाइ छ । 

यसैबीच निर्वाचन बहिष्कारको घोषणा गरेको सो पार्टीसँगै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पक्राउको विरोध गर्दै अविलम्ब रिहाइको माग गरेको छ । क्रान्तिकारी माओवादीका सेक्रेटरी दिक्पालले मंगलबारै एक विज्ञप्ति जारी गरी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बहिष्कार अभियानमा सहभागी पार्टीका नेतालाई पक्राउ गर्नु आपत्तिजनक रहेको भन्दै दुवैलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् ।