१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अधिकारी र पोखरेल बागमतीमा एमालेका चुनावी कमान्डर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १८:११:oo

एमाले बागमती प्रदेश कमिटीले प्रदेशको चुनावी परिचालन व्यवस्थित र प्रभावकारी बनाउन दुई बेग्लाबेग्लै निर्वाचन कमान्ड गठन गरेको छ। बागमती प्रदेश निर्वाचन समन्वय समितिको मंगलबारको बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूलाई विजयी गराउने गरी चुनाव परिचालन प्रभावकारी बनाउन बेग्लाबेग्लै दुई कमान्ड गठन गरेको हो। 

दुवै कमान्डले प्रदेशभित्रका ३३ प्रतिनिधिसभा र ६६ प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक निर्वाचनको समग्र परिचालन र समन्वय गर्ने पोलिटब्युरो सदस्य तथा प्रदेशका सहइन्चार्ज आनन्दप्रसाद पोखरेलले बताए। 

बैठकले प्रदेशको निर्वाचन परिचालन अनुगमन गर्न स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज काशीनाथ अधिकारीको संयोजकत्वमा निर्वाचन अनुगमन समिति बनाएको छ। समितिमा केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय सल्लाहकार महेन्द्रबहादुर पाण्डे र डोरमणि पौडेल सदस्य छन्।

बैठकले पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज आनन्दप्रसाद पोखरेलको संयोजकत्वमा निर्वाचन प्रदेश समन्वय समिति गठन गरेको छ । समितिमा नेताहरू धर्मदत्त देवकोटा, रामहरि सुवेदी, विनोद पाण्डे, विजय सुवेदी, अप्सरा चापागाईं र ओम थपलिया सदस्य छन्। 

दुवै समितिले निर्वाचनसम्बन्धी आवश्यक योजना, कार्यक्रम, सुरक्षा व्यवस्था, प्रचारप्रसारसम्बन्धी समग्र निर्वाचनको व्यवस्थापन एवं समन्वय गर्ने पनि पोखरेलले जानकारी दिए।