१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज २८ शुक्रबार १०:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फिजियोथेरापी के हो, कसरी गरिन्छ ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज २८ शुक्रबार १०:२५:००
डा. उषा गुरुङ  फिजियोथेरापिस्ट, नागरिक कम्युनिटी टिचिङ हस्पिटल

सबै रोग औषधि खाएर मात्रै पूर्ण रूपमा निको नहुन सक्छ । कतिपय रोग औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । औषधिको प्रयोगविना व्यायाम वा विद्युतीय उपकरणका माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो ।

यसक्रममा प्रशिक्षित फिजियोथेरापिस्टहरूले व्यायामका माध्यमबाट शरीरका मांसपेशीहरूलाई सही अनुपातमा सक्रिय गराउँछन् । यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ । इलेक्ट्रोथेरापी, म्याङनलथेरापीलगायत विधिबाट फिजियोथेरापी गराइन्छ । 

किन गर्ने ?

- कतिपय अवस्थामा एउटा रोगको औषधि खाँदा शरीरका अन्य अंगमा त्यसको साइड इफेक्ट परिरहेको हुन्छ । जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर परिरहेको हुन्छ । फिजियोथेरापीमा औषधि प्रयोग नहुने भएकाले यस्ता समस्या देखिन्न । 

- फिजियोथेरापीले शरीरका अंगहरू मजबुत बनाउँछ । हृदयको चाल र फोक्सोको क्षमता अभिवृद्धि गर्छ । कोरोना महामारीको समयमा आइसियूमा रहेका बिरामीलाई फिजियोथेरापीमार्फत रोगसँग लड्न सक्ने बनाइएको थियो । किनकि, यतिवेला उनीहरूको फोक्सो कमजोर भएर श्वासप्रश्वासमा समस्या देखिएको थियो । 

- बालबालिकादेखि वृद्धवृद्धा सबै समूहका व्यक्तिहरूका लागि फिजियोथेरापी प्रभावकारी बनेको छ ।

- फिजियोको सबै सेक्टरमा रोल छ । मेडिसिन, न्युरो, कार्डियोमा पनि उपयोगी बनेको छ । प्यारालाइसिस, विभिन्न प्रकारको बाथका बिरामी, ढाड दुख्ने, मर्किने, सड्किने, घुँडा दुख्ने, हड्डी खिइएका बिरामीलाई पनि फिजियोबाट उपचार गराइने गरिएको छ । 

- फिजियो एउटा स्वस्थ व्यक्तिले पनि गर्न सक्छ । फिजियोथेरापी गर्नेहरू हरेक उमेर र चरणमा फिट देखिन्छन् । 

- अफिसमा काम गर्दा बस्ने तरिका नमिलेर शरीरका विभिन्न भाग दुख्ने हुन सक्छ । यस्तो दुखाइ कम गर्न फिजियोको महत्वपूर्ण रोल छ । 

मानसिक स्वास्थ्यमा सुधार 
फिजियोथेरापीका फाइदामध्ये मानसिक स्वास्थ्य प्रमुख हो । फिजियो गर्नाले खुसी र स्वस्थ महसुस हुन्छ । शारीरिक कसरत गर्दा दिमागले पनि आराम पाउँछ । नकारात्मकताबाट हामी टाढा हुन्छौँ । यसरी हामीले आफ्नो शरीरलाई स्वस्थ भएको महसुस गर्दा हाम्रो मानसिक स्वास्थ्य सुधार हुने मात्रै होइन, आत्मबल बढ्ने पनि गर्छ । हामी दैनिक रूपमा फुर्तिलो हुन्छौँ । 

सुझाव
- कुनै पनि समस्या आउन नदिन नियमित व्यायाम गर्नुपर्ने 
- आधा वा एक घन्टा वाकिङ गर्ने 
- हेल्दी डाइट खानुपर्ने, नियमित खानपान मिलाएर खानुपर्ने, चिल्लो, पिरो र अमिलो नखाने 
- औषधि खाँदा पनि कुनै रोग निको भएको छैन भने फिजियोथेरापिस्टसँग सम्पर्क राख्ने

यस्ता रोग तथा समस्यामा उपयोगी
- ढाड, कम्मर, गर्दन दुख्दा 
- हाडजोर्नी तथा नसासम्बन्धी समस्या 
- प्यारालाइसिससम्बन्धी समस्या
- श्वासप्रश्वासको समस्या 
- मांसपेशीसम्बन्धी समस्या
- आङ खसेको समस्या 
- जन्मजात देखिएका समस्या 
- प्रजनन तथा स्त्रीरोगसम्बन्धी समस्या
- कुनै दुर्घटना भई चोटपटक लाग्दा 
- अपांगतासम्बन्धी समस्या
- उपचारपछि साइड इफेक्ट नहुने 
- बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने
- रोगसँग लड्न सक्ने क्षमता बढ्ने 
- दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन सहयोग पुग्ने