१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २४ सोमबार
  • Saturday, 28 June, 2025
प्रेम गौतम काठमाडाैं
२o७९ असोज २४ सोमबार o६:२७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतिनिधिसभाको उम्मेदवारीमा महिला र दलितलाई प्रमुख दलको उपेक्षा

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज २४ सोमबार o६:२७:oo

एमालेले ११, माओवादीले सात, कांग्रेसले पाँच र एकीकृत समाजवादीले एक महिलालाई मात्रै बनायो उम्मेदवार, जसपा र लोसपाका महिला उम्मेदवार नै छैनन्

प्रमुख दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारी दिँदा महिला र दलितलाई उपेक्षा गरेका छन् । एमालेले ११, माओवादीले सात, कांग्रेसले पाँच र एकीकृत समाजवादीले एक महिलालाई मात्रै उम्मेदवार बनाएका छन् । जसपा र लोसपाका महिला उम्मेदवार नै छैनन् ।

साना दल र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक सय ९१ महिलाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । एमालेबाट सुनसरी– ३ मा भगवती चौधरी, दाङ– १ मा शान्ता चौधरी, दाङ– ३ मा कोमल वली, स्याङ्जा– २ मा पद्मा अर्याल, कास्की– २ मा विद्या भट्टराई, डोटीमा गौरी ओली, कञ्चनपुर– ३ मा निरूदेवी पाल, धनुषा– ३ बाट जुलीकुमारी महतो, उदयपुर– १ बाट मञ्जु चौधरी, बारा– ३ ज्वालाकुमारी साह र बाग्लुङ– २ बाट मञ्जु शर्मा चालिसे उम्मेदवार बनेका छन् । 

कांग्रेसले तेह्रथुममा सीता गुरुङ, मोरङ– २ मा सुजाता कोइराला, सिराहा– २ मा चित्रलेखा यादव, मकवानपुर– १ मा महालक्ष्मी उपाध्याय ‘डिना’ र अर्घाखाँचीमा पुष्पा भुसाललाई  उम्मेदवार बनाएको छ । त्यस्तै, माओवादीबाट ललितपुर– ३ मा पम्फा भुसाल, काठमाडौं– ९ मा कल्पना धमला, काठमाडौं– ७ मा मानुषी यमी भट्टराई, दाङ– ३ मा रेखा शर्मा, काठमाडौं– २ मा ओनसरी घर्ती, जुम्लामा गोमा गौतम र कञ्चनपुर– ३ मा विना मगर उम्मेदवार बनेका छन् ।

भुसाल ललितपुर– ३ बाटै ०६४ र ०७४ मा निर्वाचित भएकी थिइन् । उनी बहालवाला ऊर्जामन्त्री हुन् । त्यस्तै, धमला ०६४ मा धादिङबाट निर्वाचित भएकी थिइन् । उनी पूर्वमन्त्री हुन् । शर्मा ०७० र ०७४ मा समानुपातिक सांसद भएकी थिएन । उनी पनि पूर्वमन्त्री हुन् । पूर्वसभामुख घर्ती ०६४ मा समानुपातिक, ०७० मा रोल्पा– २ बाट प्रत्यक्ष निर्वाचित र ०७४ मा समानुपातिक सांसद भएकी थिइन् । ०७४ को निर्वाचनमा कञ्चनपुर– १ बाट निर्वाचित मगर पनि पूर्वमन्त्री हुन् । गौतम र यमी भट्टराई भने पहिलोपटक उम्मेदवार बनेका हुन् । नेपाल समाजवादी पार्टीकी भट्टराई माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेकी हुन् ।

गठबन्धनमा २० सिट पाएको एकीकृत समाजवादीबाट सचिव रामकुमारी झाँक्री एक्ली महिला उम्मेदवार छिन् । उनी गुल्मी–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी हुन् । पूर्वमन्त्री झाँक्री ०७४ मा समानुपातिक सांसद थिइन ।

एमाले र माओवादीका एक–एकजना मात्रै दलित उम्मेदवार 

कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपामा त प्रत्यक्षतर्फ दलित उम्मेदवार नै छैैनन्

दलितको अवस्था झन् दयनीय छ । एमाले र माओवादीले एक–एकजना मात्रै दलित उम्मेदवार उठाएका छन् । रूपन्देही– १ मा एमालेका छविलाल विश्वकर्मा उम्मेदवार बनेका छन् भने माओवादीले बाँके– १ मा महेश्वर गहतराजलाई उम्मेदवार बनाएको छ । कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपामा त प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दलित उम्मेदवार नै छैैनन् ।

दलित अधिकारकर्मी गणेश विश्वकर्मा दलहरूको सोच परिवर्तन आवश्यक भएको बताउँछन् । ‘दलितको क्षेत्र नै छैन, उनीहरूका लागि समानुपातिक छँदै छ भन्ने सोच सबै दलमा देखिन्छ,’ उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि राजनीतिक दलको नेतृत्वको सोचमा परिवर्तन आएको छैन ।’ जित्न सक्ने उम्मेदवार हुँदासमेत दलित नेताले टिकट पाउन नसकेको उनले बताए ।

उपत्यकामा माओवादीका पाँच उम्मेदवार, चार महिला

माओवादीले गठबन्धनबाट काठमाडौं उपत्यकामा पाएका पाँच क्षेत्रमध्ये चारमा महिला उम्मेदवार बनाएको छ । ओनसरी घर्ती काठमाडौं– २, मानुषी यमी भट्टराई काठमाडौं– ७ र कल्पना धमला काठमाडौं– ९ बाट उम्मेदवार बनेका छन् । ललितपुर– ३ मा पम्फा भुसाल उम्मेदवार छिन् । भक्तपुर–१ मा भने पुरुष उम्मेदवार छन् ।