१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार १o:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गण्डकीको बजेट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १o:५५:oo

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट पारित गरेको छ । प्रदेश सभाको शुक्रबारको बैठकले बजेट बहुमतले पारित गरेको हो ।यसअघि १ असारमा बसेको प्रदेश सभा बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट सार्वजनिक गरेका थिए ।

बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत, पूँजिगत तर्फ १९अर्ब नौ करोड ३३ लाख २४ हजार अर्थात कुल बजेटको ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल बजेटको ०.८ प्रतिशत विनियोजन गरिएको छ।  

१ असारमा प्रदेश सभामा पेश भएको बजेटका सम्बन्धमा ४ असारदेखि छलफल सुरु भएको थियो। विनियोजन विधेयक सगै मन्त्रालयगत रुपमा विनियोजन भएको बजेटका सम्बन्धमा छलफल पछि मन्त्रालयगत रुपमा मन्त्रीहरुले छलफलमा उठेका जिज्ञासाहरुको जवाफ दिएपछि बजेट पारित भएको हो। बजेट पारित गर्दा सत्तारुढ दल कांग्रेस र एमालेका सांसदले पक्षमा, माओवादीका सांसदले विपक्षमा मतदान गर्दा राप्रपाका दुई सांसद भने तटस्त बसेका थिए । 

आगामी आवको बजेट चालु आर्थिक वर्ष ०८१/०८२ को भन्दा चालु एक अर्ब ८५ लाख ७६ हजार कम छ । चालु आवको गण्डकी बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रहेको छ ।