१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज २२ शनिबार ०८:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुलाको तिंकरमा हिमपात, जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
२०७९ असोज २२ शनिबार ०८:५८:००

तीन दिनदेखि लगातार परेको वर्षापछि व्याँस गाउँपालिका– १ को छाँगरू र तिंकरमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाटै हिमपात सुरु भएको हो । चीनको सीमानजिकै रहेको तिंकर गाउँ र भारतीय अतिक्रमणमा रहेको कालापानी नजिकैको गाउँ छाँगरूमा हिमपात  भएको हो ।

लगातार वर्षा हुँदा हिमपात भएको छ । हिउँ पर्ने क्रम जारी रहेको छ । हिउँ पर्न थालेका कारण चिसो अत्यधिक बढेको छ । यस वर्ष पहिलोपटक गाउँमा हिउँ परेको हो । हिउँ परेपछि चौँरी, झुपु, घोडालगायतका गाईवस्तु चरिचरनमा समस्या भएको छ । चिसो बढेका कारण स्थानीय आगो तापेर दिन बिताउन बाध्य छन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं प्रहरी प्रवक्ता राजेश शाहीले उच्च भूभागमा वर्षाका कारण हिमपात सुरु भएको जानकारी दिए । यस्तै, निरन्तरको वर्षाका कारण दार्चुलाका सबै भूभागमा चिसो बढेको छ ।