Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असोज २२ शनिबार ०८:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिंकरमा हिमपात, जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
२०७९ असोज २२ शनिबार ०८:५७:००

तीन दिनदेखि लगातार परेको वर्षापछि व्याँस गाउँपालिका– १ को छाँगरू र तिंकरमा हिमपात सुरु भएको छ । शुक्रबार बिहानबाटै हिमपात सुुरु भएको हो । चीनको सीमानजिकै रहेको तिंकर गाउँ र भारतीय अतिक्रमणमा रहेको कालापानीनजिकैको गाउँ छाँगरूमा हिमपात सुरु भएको हो ।

अहिलेसम्म ६ इन्चको हाराहारीमा हिउँ जमेको तिंकरका स्थानीय खेमराज तिंकरीले जानकारी दिए । हिउँ पर्ने क्रम जारी रहेको छ । हिउँ पर्न थालेका कारण चिसो अत्यधिक बढेको छ । यस वर्षको पहिलोपटक गाउँमा हिउँ आएको हो । छाँगरू र तिंकरका यी गाउँ समुद्री सतहबाट तीन हजार दुई सय मिटर उचाइमा छन् । 

हिउँ परेपछि चरिचरनमा समस्या भएको छ । चिसो बढेका कारण स्थानीय आगो तापेर दिन बिताउन बाध्य छन्