मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज २० बिहीबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २० बिहीबार o७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बबई, राप्ती र नारायणी नदीमा पानीकाे सतह खतराको तहमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २० बिहीबार o७:१७:oo

लगातारको वर्षाले बबई तथा पश्चिम राप्ती नदीमा पानीको सतह खतराको तहमाथि पुगेको छ।

बबई नदीमा जलस्तर बिहान साढे ६ बजे ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम राप्तीमा ६ दशमलव ४८ मिटरमाथि पानी बगिरहेको छ। 

नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पानीको सतह थप बढ्न सक्ने भन्दै सजगता अपनाउन आग्रह गरेको छ। आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चितवन र नवलपरासीको तटीय क्षेत्रमा जोखिम छ। मनसुन पुनः सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ।