१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी उत्तराखण्ड
२०७९ असोज १८ मंगलबार २२:३६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हिमपहिरोमा चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, उत्तराखण्ड
२०७९ असोज १८ मंगलबार २२:३६:००

भारतीय हिमालय क्षेत्रमा आज हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो ठाउँमा भएकाे उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् । ‘फसेका ३३ जनामध्ये चारजनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब आठजनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउँले बनेको चिरुवाभित्र फसेका छन्,’ राष्ट्रिय विपत् व्यवस्थापन बलका रिधिम अग्रवालले एएफपीसँग भने । 

‘हिउँ परिरहेको थियो । तर, अहिले मौसममा सुधार आएको छ र हामीले वायुसेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेका छौँ । जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ,’ अग्रवालले भने । 

उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरू पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

गत अगस्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो ।