१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १६ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १६ आइतबार १४:१५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बलात्कारको झुटो उजुरी दिने महिला पक्राउ 

सिसिक्यामेराबाट खुल्यो फसाउने नियत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १६ आइतबार १४:१५:oo

आफूमाथि बलात्कार भएको भनेर एक दम्पतीलाई फसाउन खोज्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी बर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडीबुटी डेरा गरी बस्ने ३४ वर्षीया चित्रकुमारी गुरुङलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो। 

शेरबहादुर रसाइलीले उनकी श्रीमतीको सहयोगमा आफूमाथि बलात्कार भएको जाहेरी लिएर गुरुङ प्रहरी वृत्त ठिमी गएकी थिइन् । जडीबुटीबाट गाडीमा राखेर आफूलाई जडीबुटी पुल पारी लोकन्थली पु¥याइएको र त्यहाँ पेय पदार्थमा अन्य वस्तु मिसाएर बेहोस बनाई बलात्कार गरिएको उनको दाबी थियो । बलात्कारपछि मोबाइल, पैसा र सुनको सिक्रीसमेत लुटिएको भनेर जाहेरी दिएकी छिन् ।

‘सुरुमा उनले मौखिक उजुरी दिइन्,’ ठिमी वृत्तका डिएसपी हरिनारायण चौधरीले भने, ‘उजुरी आएलगत्तै हामी घटनास्थल पुग्यौँ, त्यो ठाउँमा सिसिक्यामेरा रहेछ, तर उनले भनेको समयमा त्यस्तो कुनै गतिविधि देखिएन ।’ लुटिएको भनिएको मोबाइल पनि उनीसँगै भेटिएपछि प्रहरीलाई घटनाप्रति शंका लाग्यो । प्रहरीले उनीसँग थप विवरण माग्दा कुरा बाझिएपछि उनले नै घटना झुटो भएको बताएकी हुन् । त्यसपछि शनिबार उनलाई नै नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको डिएसपी चौधरीले बताए । आफूले दिएको उजुरी नै गुरुङविरुद्धको प्रमाण बनेको छ । उजुरीमा उनले आफ्नो कपडासमेत च्यातिएको तथा बिहान ११ बजे मात्र आफ्नो होस आएको भनेर गलत विवरण लेखेकी थिइन् । 

‘शेरबहादुर रसाइलीसँग विवाद भएका एक व्यक्तिले उनलाई प्रयोग गरी झुटा मुद्दामा फसाउन खोजेका रहेछन्,’ डिएसपी चौधरीले भने, ‘आँखा चिम्लिएर मुद्दा दर्ता गरेको भए निर्दाेष व्यक्ति फस्ने रहेछन् ।’ घटनाका योजनाकार फरार छन् । पक्राउ परेकी महिलालाई कुन मुद्दा चलाउने भन्ने विषयमा सरकारी वकिलसँग राय लिइने प्रहरीले जनाएको छ । 

सामूहिक बलात्कारका आरोपीलाई दलको दबाबमा छाडियो

नवलपरासी/ पश्चिम नवलपरासीमा एक महिलालाई सामूहिक बलात्कारका आरोपीलाई प्रहरीले राजनीतिक दलको दबाबमा छाडेको छ । प्रतापपुर गाउँपालिकाकी एक महिलालाई घरमा कोही नभएको समयमा एक समूहले बिहीबार राति जबर्जस्ती घरभित्र पसेर बाहिर निकाली बलात्कार गरेको थियो । 

पीडित महिलाका अनुसार राति पटक–पटक फोन गरेर दुःख दिएको र पछि घरभित्रै पसेर चारजनाको समूहले बारीमा लगेर बलात्कार गरेका थिए । महिलाले हारगुहार गरेर चिच्याएपछि गाउँलेले समातेर प्रहरीलाई बुझाएका थिए । 
बलात्कारमा संलग्न चारजनामध्ये प्रतापपुर– ६ का दुर्गेश गुप्ता फरार छन् । इलाका प्रहरी कार्यालय बेलाटोरीले प्रतापपुर गाउपालिका– ६ का रवीन्द्र गुप्ता, सुजित गुप्ता र सुस्ता गाउँपालिका– ५ का उस मोहम्मद मियाँलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका तीनजनालाई स्थानीय जनप्रतिनिधि र राजनीतिक दलको दबाबमा छाडिएको पीडित महिलाका आफन्तले गुनासो गरेका छन् । घटना भएको तीन दिन बितिसक्दा पनि इलाका प्रहरी कार्यालय बेलाटारी र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी दुवैले जाहेरी नलिएको पीडितको आरोप छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले भने पीडितले समयमै उजुरी नहालेका कारण तारेखमा छाडेको दाबी गरे । उनले पीडित पक्षले कार्यालय समयपछि जाहेरी ल्याएकाले उजुरी नलिएको बताए । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले घटना भएको क्षेत्र इलाका प्रहरी कार्यालय बेलाटारीमै उजुरी दर्ता गर्नुपर्ने भएकाले जिल्लाले उजुरी नलिएको बताए । पीडित महिला र उनका आफन्तले भने प्रहरी, केही स्थानीय जनप्रतिनिधि र दलका नेताहरूले दोषीलाई उन्मुक्ति दिन पीडितको उजुरी लिन आनाकानी गरेको आरोप लगाएका छन् ।