मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १४ शुक्रबार ०८:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सनराइज क्यापिटलले २५ प्रतिशत लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १४ शुक्रबार ०८:४६:००

 सन्राइज क्यापिटल लिमिटेडले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको १२३औँ बैठकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव भएको हो । कम्पनीको आगामी बाह्रौँ वार्षिक साधारणसभा सम्पन्न भई पारित भएपश्चात् लाभांश वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले हाल सेयर निष्कासन, १८ वटा कम्पनीको सेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, सेयर प्रत्याभूतिलगायत सन्राइज सामूहिक लगानी कोषअन्तर्गत सन्राइज फस्ट म्युचुअल फन्ड र सन्राइज ब्लुचिप फन्ड गरी दुईवटा बन्दमुखी योजना सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात् थप एक बन्दमुखी सन्राइज फोकस्ड इक्विटी फन्ड सञ्चालन गर्ने योजना रहेको छ ।