मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
मुस्ताङबाट बेनीमा ल्याइएका च्यांग्रा । तस्बिर : नयाँ पत्रिका
कमल खत्री म्याग्दी
२०७९ असोज १४ शुक्रबार ०८:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–चीन नाका बन्द भएपछि भेडाच्यांग्राको मूल्य अकासियो

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७९ असोज १४ शुक्रबार ०८:४४:००

नेपाल र चीनको सीमानाका कोरला बन्द भएपछि यस वर्ष पनि मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडाच्यांग्राले मात्रै दसैँको माग धान्नुपर्ने भएको छ । तिब्बतको च्यांग्रा नआउँदा स्थानीय उत्पादन सीमित भएकाले व्यापारीले मूल्य बढाएका छन् । 

मुस्ताङबाट म्याग्दी हुँदै बजारमा ल्याइएका भेडाच्यांग्राको मूल्य ५० हजारसम्म पुगेको छ । चारजनाको समूहले तीन सय ५० वटा च्यांग्रा खरिद गरेर बेनी हुँदै काठमाडाैंतर्फ लैजाँदै गरेका विष्णुभक्त श्रेष्ठले भने, ‘उत्पादन नबढ्ने र मूल्य मात्रै बढ्दा व्यापारी र उपभोक्ता दुवैलाई मार परेको छ ।’ उनका अनुसार गत वर्षको तुलनामा मुस्ताङमै च्यांग्राको मूल्य प्रतिच्यांग्रा पाँच हजारसम्म बढेको छ । 

मुस्ताङी खोरपाला (खोरमा पालिएको) च्यांग्रा भएकाले पनि मूल्य बढेको हो । घरकै खोरमा पालेको च्यांग्रा स्वस्थकर हुने भएकाले त्यसको माग पनि बढी हुने गर्छ । 
मुस्ताङमा व्यापारीले च्यांग्रा प्रतिगोटा ४२ हजारसम्म मूल्य परेको बताएका छन् । केही वर्षअघिसम्म २० देखि २२ हजारमा पाइने च्यांग्राको मूल्य यस वर्ष दोब्बरले बढेको अर्का व्यापारी ज्ञानकुमार श्रेष्ठले बताए । 

कोभिड– १९ का कारण विगत तीन वर्षदेखि उत्तरी कोरला नाका बन्द छ । नाका बन्द भएपछि मुस्ताङ र डोल्पाका पशुपालक तथा व्यापारीले च्यांग्रा खरिद गर्न पाएका छैनन् । यस वर्ष पनि भेडाच्यांग्राको संख्या न्यून भएको मुस्ताङका व्यापारीहरूको भनाइ छ । जोमसोम र लेतेमा पशु चिकित्सकहरूले मुस्ताङबाट बाहिरिने भेडाच्यांग्राको स्वास्थ्य प्रशिक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर निर्यात गर्ने गरिएको छ ।