मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ९ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ९ आइतबार २१:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बन्दसूची पारदर्शी बनाउन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ९ आइतबार २१:o६:oo

राजनीतिक दलहरूले २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीका लागि पेस गरिएका उम्मेद्वारहरूको नामावली तथा सिफारिस प्रक्रिया पारदर्शी तथा विधिसम्मत नभएको भन्दै फोर एच नेपालले वक्तव्य जारी गरेको छ ।
 
फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीको मूल्यमान्यता, निर्वाचनसम्बन्धी ऐन कानुन, राजनीतिक दलहरूको आफ्नै विधान तथा समावेशिताको सिद्धान्तविपरीत नामावली पेस गरेको पाइएको छ । साथै, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दलहरूले पार्टी विधानविपरीत निश्चित मापदण्ड तय नगरीकनै थपघट गरी पेस गरिनु लोकतान्त्रिक प्रणालीविपरीत भएको जनाएको छ ।  

जारी वक्तव्यमा भनिएको छ, ठूला राजनीतिक दलहरूले उम्मेद्वारको बन्दसूची पेस गर्दा सम्बन्धित पार्टीको आधिकारिक निकायबाट पारित नगरी पार्टीभित्रका सीमित पदाधिकारीहरूको निर्णयको आधारमा बन्दसूची छनाेट गरिनु कानुनसम्मत नभएको भनिएको छ ।  

राजनीतिक दलहरूले स्थानीय तहमा उम्मेद्वार बनेर जरिवाना तोकेका, कानुनी रूपमा दण्ड सजाय जरिवाना तोकिएका, सरकारी बेरुजु फर्स्याेट नगरेकालगायतका व्यक्तिहरूको नामसमेत समावेश भएकाले उक्त नामहरू बन्दसूचीबाट हटाउन सबै राजनीतिक दलहरूलाई अनुरोध गरेको छ ।
 
निर्वाचन आयोग नेपालले तोकेको निर्वाचन तालिकाभित्र तोकिएको मापदण्ड र निर्धारित कानुनी प्रावधानको आधारमा पारदर्शी विधि, लोकतान्त्रिक प्रक्रिया तथा समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारहरू बन्दसूची पेस गर्न अवस्थीद्वारा जारी वक्तव्यमा भनिएको छ ।
 
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूचीलाई पारदर्शी, विधिसम्मत र समावेशी बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोग नेपालसँग माग गरिएको छ ।  

म स्वसित नेपाल (फोर एच नेपाल) ले २०७९ असोज १ गतेदेखि यहीँ २०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्दै आइरहेको छ ।