मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Monday, 14 July, 2025
२o७९ असोज ८ शनिबार १२:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा पाउरोटी उद्योगमा प्रशासनको छापा, सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १२:१७:oo

नवलपुरको प्रगतिनगरमा रहेको जुग्नु पाउरोटी उद्योगमा जिल्ला अनुगमन समितिले छापा हानेको छ। घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले पाउरोटी उद्योगमा शुक्रबार साँझ छापा हानेको हो।

अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय रजहरका प्रमुख प्रहरी निरीक्षक भीमसेन घिमिरेसहितको प्रहरी टोलीले पाउरोटी उद्योगका सञ्चालक रवि अहमदलाई पक्राउ गरेको छ। सो क्रममा उद्योगमा रहेको २२ बोरा मैदा, बेकरी, पाउरोटी, समोसा र क्रिमरोलसमेत बरामद गरिएको छ।

बजार अनुगमनको क्रममा उक्त उद्योगबाट उत्पादिन विभिन्न प्रकारका पाउरोटीहरूमा उत्पादित मिति, उद्योगको नाम, उपभोग मिति, बजार मूल्यलगायतका विवरण नराखी बजारमा पठाउने गरेको पाइएको थियो। उद्योग सञ्चालकलाई पटकपटक यस विषयमा सचेत गराए पनि अटेरी गरेपछि नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको हो।