मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १७:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार बिनु सुवेदीलाई धम्क्याएको घटनाप्रति महासंघको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १७:५६:००

नेपाल पत्रकार महासंघले पत्रकार बिनु सुवेदीलाई नेकपा एमालेनिकट भातृ संगठन अनेरास्ववियुले दिएकाे कुटपिटकाे धम्कीप्रति आपत्ति जनाएको छ। 

अनलाइन खबरमा कार्यरत सुवेदीलाई एमाले पार्टी अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाबाट रिपोर्टिङ गरेर फर्किएलगत्तै उनीमाथि आक्रमण गर्ने धम्की आएको हो। 

एमाले कार्यकर्ताले ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनेर सामाजिक सञ्जालमा लेखेकाे स्टाटसमा अनेरास्ववियुका राष्ट्रिय अध्यक्ष सुनिता बरालले कमेन्ट गर्दै ‘जरुरत पर्लाजस्तो छ’ भनेर दिएको धम्की दिएकी थिइन्।  

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘बिनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्विटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ।’

जिम्मेवार पार्टीको जिम्मेवार व्यक्तिबाट पत्रकारलाई आएको आक्रमणको धम्कीप्रति भत्र्सना गर्दै महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बिन्धित पक्षको ध्यानाकर्षण गराएको छ।