Skip This
साइनबोर्ड राखेको कर तिर्न काठमाडौं महानगरको ताकेता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ७ शुक्रबार १३:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साइनबोर्ड राखेको कर तिर्न काठमाडौं महानगरको ताकेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १३:३२:oo

काठमाडौं महानगरपालिकाले परिचय पाटी (साइनबोर्ड) राखेको शुल्क बुझाउन व्यवसायी तथा संस्थाहरूलाई ताकेता गरेको छ। साइनबोर्ड राखेबापत महानगरपालिकालाई बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएको भन्दै महानगरले शुक्रबार एक सूचना जारी गरेको छ।

सूचनामा ३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा तोकिएको शुल्क बुझाउन भनिएको छ। तोकिएको समयमा शुल्क नबुझाए वा तोकिएभन्दा ठूलो साइनबोर्ड राखे महानगर आफैँले हटाउने चेतावनीसमेत दिएको छ।

साइन बोर्ड ६ वर्ग फुटसम्मको पाँच सय रुपैयाँ, १५ वर्ग फुटसम्मको एक हजार पाँच सय रुपैयाँ र १५ वर्ग फुटभन्दा माथि ३० वर्गफुटसम्मको प्रतिवर्ग फुट एक हजार रुपैयाँ वार्षिक शुल्क लाग्ने महानगरले जनाएको छ। महानगरले ३० वर्गफुटभन्दा ठूलो साइनबोर्ड राख्न निषेध गरेको छ।