Skip This
राष्ट्रपतिले संविधानको पालना गर्ने विश्वास छ : सरकारका प्रवक्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ४ मंगलबार २१:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिले संविधानको पालना गर्ने विश्वास छ : सरकारका प्रवक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार २१:४८:oo

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संविधानमा रहेको व्यवस्थाअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन्। 

विधेयक प्रमाणीकरणका लागि केही घण्टा मात्र बाँकी हुँदा पनि राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नभएका वेला सरकारका प्रवक्ताको यस्तो भनाइ आएको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका कार्कीले आज साँझ प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग भने, ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ।’

प्रतिनिधिसभा र राष्ट्रिय सभाले १५ दिनअघि दोस्रोपटक पारित गरेर नागरिकता विधेयक राष्ट्रपति कार्यालय पठाएको थियो। विधेयक प्रमाणीकरणका सम्बन्धमा राष्ट्रपतिलाई संविधानले दिएको अधिकार आज मध्यरातबाट सकिँदै छ । तर, राष्ट्रपति विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छिन्।