मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:२४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

वृक्षारोपण गरेर प्रदेश १ सरकारले मनायो संविधान दिवस

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:२४:oo

प्रदेश १ सरकारले सडकछेउमा वृक्षारोपण गरेर संविधान दिवस मनाएको छ। संविधान दिवसका अवसरमा सोमबार बिहान प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगर रोडशेषचोकस्थित सडकछेउमा वृक्षारोपण गरेका हुन्।

संविधान दिवसको अवसर पारेर प्रदेश १ सरकारले राजधानी विराटनगरमा सीमा क्षेत्र रानीदेखी उत्तर बरगाछीसम्म करिब पाँच किलोमिटर सडकको बीच भागमा समेत वृक्षारोपण गराएको छ।

आन्तरिक ममिला तथा कानुन मन्त्रालयले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको मुख्यमन्त्री राईले संविधान दिवसको अवसर पारेर उद्घाटन गरेका हुन्। वृक्षारोपण कार्यक्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, कर्मचारी, प्रहरी र नागरिक समाजका प्रतिनिधि सहभागी थिए।

उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा स्तरोन्नति भएको कोसी राजमार्गलाई सौन्दर्यीकरण गर्न भारतीय सीमा जोगबनीदेखि विराटनगरको बरगाछी चोकसम्मको बीच भागमा बनाएको आलीमा माटो हालेर वृक्षारोपण गरिएको हो।