मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज १ शनिबार ०९:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर

Read Time : < 1 मिनेट
२०७९ असोज १ शनिबार ०९:०६:००

 काभ्रे जिल्लाको रोशी गाउँपालिका–७ का एक युवाले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरेका छन् ।  शनिबार बिहानै रोशी गाउँपालिका–११ स्थित ससुराली पुगेर श्रीमतीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेका अनुसार रोशी गाउँपालिका वडा न ७ कन्टुन्जेका ३२ वर्षीय राजकुमार विकले शनिबार विहान ५ बजे श्रीमती ३१ वर्षीय साइँली विकलाई खुकुरी प्रहार गरेका हुन् । घरायसी झगडा भएपछि श्रीमती साईली माइत गएकी र राजकुमार एकाविहानै ससुराली पुगेर सबै सुतिरहेको अवस्थामा बिकले श्रीमतीमाथि खुकुरी प्रहार गरेर भागेको बताएका प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । प्रहरीले सूचना पाएपछि तत्काल मंगलटारबाट प्रहरी खटी नियन्त्रणमा लिएको उनको भनाई छ । 

खुकुरी प्रहारबाट बिकको श्रीमती साइली बिक गम्भीर घाइते भएकी छिन् ।  घाइते साइलीलाई उपचारको लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । टाउको र हातमा गहिरो चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मंगलटारले राजकुमारलाई पक्राउ गरी अनुसन्धन गरीरहेको छ । घटनास्थलमा प्रहरीले मुचुल्कासहित श्रीमतीमाथि प्रहार गरेको खुकुरी बरामद गरिएकोे जनाएको छ ।