मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आभास रिजाल, निर्देशक
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २९ बुधबार १०:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

हिमालय सेफर्डलाई ‘इनिसिएटिभ अवार्ड’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २९ बुधबार १०:५९:००

आभास रिजालले निर्देशन गर्न लागेको वृत्तचित्र ‘हिमालयन सेफर्ड’ ले ढाका डकल्याबमा ‘ग्लोबल फिल्म एन्ड इनिसिएटिभ अवार्ड’ जितेको छ । पुरस्कारबापत वृत्तचित्र निर्माणका लागि दुई हजार युरो प्राप्त भएको रिजालले बताए ।  

‘यसअघि हिमालय सेफर्डको कथावस्तु सुनाएपछि मलाई ढाका डकल्याबले योजनामा थप छलफल गर्नका लागि बोलाएको थियो ।  बंगलादेशमा अन्य फिल्मकर्मीसँग मैले पनि आफ्नो विषयवस्तु र योजनाबारे धारणा राखेको थिएँ,’ उनले भने । यस प्रोत्साहन पुरस्कारका लागि विभिन्न देशका ५६ वटा वृत्तचित्रले आवदेन दिएका थिए ।

त्यसमध्ये सर्टलिस्टमा परेका १३ वटा वृत्तचित्रका निर्देशकले डकल्याबमा आफ्नो योजना प्रस्तुत गर्ने अवसर पाएका थिए ।  राम्रो विषयवस्तुमा वृत्तचित्र निर्माण गर्नका लागि प्रदान गरिने यो पुरस्कारको प्रायोजन भने स्विडेनले गरेको हो । 

हिमालय सेफर्ड जलवायु परिवर्तनले हिमाली क्षेत्रका आदिवासी समुदायमा पारेको समस्यालाई समेटेर बन्न लागेको डकुमेन्ट्री हो । यस डकुमेन्ट्रीको निर्माता सुशील पाण्डे हुन् । डकुमेन्ट्रीको छायांकन २०२३ बाट सुरु हुने निर्देशक रिजालले जानकारी दिए ।