Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २७ सोमबार ११:२४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

कविहरूको रियालिटी सो हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २७ सोमबार ११:२४:००

गीत–संगीत र नृत्यपछि अब नेपालमा पहिलोपटक कविहरूको टेलिभिजन रियालिटी सो हुने भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच ‘द पोएट आइडल’को घोषणा भएको हो । यस रियालिटी सोले नेपाली भाषाका कवितालाई विश्वसामु प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । 

सञ्चारकर्मी अमनप्रताप अधिकारीले ‘गामबेसीका कवि’का रूपमा परिचित आफ्ना बुबा क्षेत्रप्रताप अधिकारीको स्मृतिमा यो रियालिटी सो घोषणा गरेका हुन् । ‘साहित्यका विभिन्न विधामा बुबाको सक्रियता थियो । त्यसमध्ये सम्झनास्वरूप कवितालाई छानेको हुँ । यसले नेपाली साहित्यमा केही न केही योगदान पु¥याउँछ भन्ने अपेक्षा छ,’ सोका निर्देशक अधिकारीले भने । 

‘यसमा सहभागीबीच प्रतिस्पर्धा हुनेछ र प्रस्तुति जाँच्नलाई निर्णायक हुनेछन्,’ निर्देशक अधिकारीले भने, ‘दर्शकले आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउनेछन् । यसैको आधारमा हरेक हप्ता एक–एक प्रतिस्पर्धी बाहिरिनेछन् र अन्तिममा एकजना प्रतिभा ‘द पोएट आइडल’ बन्नेछन् । पुस्तकमा या कविता प्रतियोगिता, कवि सम्मेलनजस्ता कार्यक्रममा त हामीले कविता पढ्दै र सुन्दै आइरहेकै हौँ । यो सोमा भने कवितालाई सुन्ने मात्रै होइन, हेर्ने पनि हो । पृष्ठभूमिमा संगीत र दृश्यसहित सिर्जनात्मक हिसाबले सोको डिजाइन गरिनेछ ।’

सोका निर्णायकका रूपमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बा, रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त देखिनेछन् । कार्यक्रमको सञ्चालन भने अभिनेता दिव्य देवले गर्नेछन् ।