१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामुहिक बलात्कारको आरोपमा तीन जना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:१३:oo

कैलालीमा प्रहरीले सामूहिक बलात्कारको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । चार जना मिलेर गत २१ गते घोडाघोडि नगरपालिकाकी १५ वर्षिया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

आरोपित एक जना अझै फरार रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । किशोरीका आफन्तको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित किशोरीले घोडाघोडी नगरपालिका-१ सुखडमा गौरा पर्वमा देउडा हेर्न गएका बेला आफूमाथि चार युवकले बलात्कार गरेको बयान दिएकी छिन् ।

काम छ भनेर एक युवकले लगेको र त्यसपछि अन्यलाई फोन गरेर बोलाएर बलात्कार गरेको बुझिएको प्रहरीले जनाएको छ । गत मंगलबार रातीको घटना भए पनि शुक्रबार मात्र उजुरी आएको प्रहरीले जनाएको छ । 

ad
ad