Skip This
सेना र प्रहरीलाई बालेनको दशदिने अल्टिमेटम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Saturday, 27 July, 2024
काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन । तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २३ बिहीबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेना र प्रहरीलाई बालेनको दशदिने अल्टिमेटम

अन्य आठ सरकारी कार्यालयलाई पनि ताकेता पत्र, दश दिनभित्र कर नतिरे सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १८:५६:oo

काठमाडौं महानगरपालिकाले नेपाल आर्मी र नेपाल प्रहरीलाई दश दिनभित्र बहाल कर तिर्न पत्र पठाएको छ। महानगर प्रमुख बालेन्द्र साह बालेनको निर्देशनमा महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले पत्र पठाएका हुन्। 

बहाल कर बुझाउन नेपाली सेना र नेपाल प्रहरीका केन्द्रीय कार्यालयलाई पत्राचार गरिएको राजस्व विभाग प्रमुख अधिकारीले जानकारी दिए। महानगरले अन्य आठ सरकारी कार्यालयलाई पनि कर बुझाउन ताकेता गर्दैै पत्र काटेको छ। 

महानगरले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गई कर र जरिवाना तिर्न ताकेता गरेको छ। अन्यथा, महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी पत्रमा दिइएको छ।

महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक-पटक ताकेता हुँदै आएका पनि हालसम्म पनि कर नबुझाएको भन्दै महानगर आफैँले ताकेता गरेको हो। 

महानगरले शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद्लाई पनि त्यही बेहोराको पत्र पठाएको छ।