Skip This
श्रीलंकाका ३७ राज्यमन्त्रीद्वारा शपथग्रहण
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ भदौ २३ बिहीबार
  • Tuesday, 11 August, 2026
२o७९ भदौ २३ बिहीबार १६:१२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाका ३७ राज्यमन्त्रीद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २३ बिहीबार १६:१२:oo

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बिहीबार ३७ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार राज्यमन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको शपथ खुवाइएको हो।

शपथ खानेहरूमा सेहान सेमासिंघे अर्थ, प्रमिथा बन्दरा तेनाकुन रक्षा, थाराका बालासुरिया विदेश मामिलालगायत राज्यमन्त्री रहेका छन्। उनीहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ। संकटग्रस्त श्रीलंकामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अत्यावश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि एकपछि अर्को गर्दै यहाँको जनजीवन नै प्रभावित बनेको छ।

रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका संकेतहरू देखिए पनि अझै आर्थिक संकट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन। रासस/सिन्ह्वा