मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Sunday, 13 April, 2025
२o७९ भदौ १८ शनिबार १७:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पा प्रदेश (क)मा एमालेका शेरबहादुर बुढा उम्मेदवार सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १७:१६:oo

डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क)बाट प्रत्यक्षतर्फ एमाले डोल्पाका अध्यक्ष शेरबहादुर बुढा उम्मेदवार सिफारिस भएका छन्। 

डोल्पा प्रदेश (क) निर्वाचन समन्वय कमिटीका संयोजक विष्णुबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले बुढालाई एकल उम्मेदवार सिफारिस गरेको पार्टीसचिव लंकबहादुर रोकायाले जानकारी दिए। यसअघि २०७४ सालको निर्वाचनमा बुढा जिल्ला समन्वय समितिको समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए।

त्यसैगरी, प्रदेश सभा निर्वाचन क्षेत्र (क)बाट समानुपातिकतर्फ विष्णुबहादुर रोकाया, प्रिमाकुमारी शाही र प्रेमलाल विकलाई सिफारिस गरिएको छ। प्रतिनिधिसभाको उम्मेदवार छनोट कार्य आइतबारभित्र टुंग्याइने सचिव रोकायाको भनाइ छ।

छुटाउनुभयो की ?