मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ १७ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ भदौ १७ शुक्रबार १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दूषित पानी पिउन बध्य छन् ताप्लेजुङवासी, २७ करोडको खानेपानी आयोजना सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ १७ शुक्रबार १८:५६:oo

ताप्लेजुङ फुङलिङ नगरपालिकामा करिब २७ करोड रुपैयाँको लागतमा जम्बुढाँडे मैदाने खोला खानेपानी आयोजना सुरु हुने भएको छ। नगरपालिका तथा आसपासमा नियमित, शुद्ध र पर्याप्त पानी आपूर्ति गराउने उद्देश्यले संघीय सरकार खानेपानी आयोजनामार्फत पाँच वर्ष अर्थात् आर्थिक वर्ष  ०८४/८५ सम्ममा योजना पूरा हुने गरी आयोजना सुरु गर्न लागिएको हो।

स्वामी नारायण निर्माण सेवा विराटनगरले बनाउने बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव रणबहादुर कार्कीले बताए। सचिव कार्कीका अनुसार यो खानेपानी आयोजना पूरा भएपछि प्रतिसेकेन्ड १५ लिटर पानी प्रवाह हुनेछ।