१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १५ बुधबार १५:४०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय टिम छाडेर सन्दीप सिपिएल खेल्न जाँदै

तीन एक दिवसीय म्याचको श्रृंखलामा रोहित पौडेलले कप्तानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १५ बुधबार १५:४०:००

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले एक दिवसीय म्याचको शृंखला नियमित कप्तान सन्दीप लामिछानेविना नै खेल्ने भएको छ । सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्टइन्डिज जाने भएपछि नेपालले उनीविना नै एक दिवसीय शृंखला खेल्नुपर्ने भएको हो । 

सन्दीपको कप्तानीमा नेपालले केन्यासँगको टी–२० को पाँच म्याचको शृंखलामा ३–२ ले जितेको थियो । सो प्रतियोगितामा म्यान अफ दी सिरिज भएका सन्दीपको अभावमा टिम कमजोर हुने सम्भावना रहेको छ । 

सन्दीप पूर्वनिर्धारित तालिकाअनुसार नै केन्या भ्रमण छाडेर सिपिएल खेल्न वेष्टइन्डिज जान लागेको बताइएको छ । 

सन्दीपले सिपिएलमा जमैका तल्लाजावजबाट खेल्नेछन् । गत सिजन ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सिपिएलमा कुनै पनि खेल खेलेका थिएनन् । 

नेपालले केन्यासँगको पहिलो एक दिवसीय शुक्रबार खेल्दै छ । उनको अनुपस्थितिमा नेपाली राष्ट्रिय टिमको कप्तानी रोहित पौडेलले गर्नेछन् । पौडेल टिमका नियमित उपकप्तान हुन् । उनले टी–२० शृंखलामा राम्रो ब्याटिङ गरेका थिए ।