१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालकोट पुगेर मिश्रले गरे ओलीसँग भेट, पाए एकमुठ्ठी सिक्का उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:५o:oo

आगामी निर्वाचनको तयारीमा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । 

ओलीलाई भेट्न मिश्र आइतबार साँझ ओलीनिवास बालकोट गएका थिए । आफूहरूबीच साढे दाई घण्टा छलफल भएको मिश्रले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । 

मिश्रले भेटमा आगामी निर्वाचन देशको राजनीति–भू–राजनीति, विदेशी चासो, राजसंस्थाको आवश्यकता र असान्दर्भिकतालगायतका विषयमा छलफल भएको मिश्रले उल्लेख गरेका छन् । 

‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, ‘तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केट बलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनु होला,’ मिश्रले भनेका छन् ।

भेटको अन्त्यमा ओलीले मिश्रलाई एक मुठी सिक्का उपहार दिएका थिए । ‘चुच्चे नक्शासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठी सिक्का अर्को कोठाबाट ल्याएर उपहार दिनुभयो, भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ,’ मिश्रले उल्लेख गरेका छन् ।

ad
ad