१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
प्रदीप गिरि काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

‘एआइटिएम मेयर छात्रवृत्ति’ घोषणा

कलेजले दुईजना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने

Read Time : < 1 मिनेट
प्रदीप गिरि, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:५o:oo

एआइटिएम कलेजले प्लस टू र स्नातक तहमा एक–एकजना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिने भएको छ । कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्लस टूमा विज्ञान वा व्यवस्थापन र स्नातकमा ‘ब्याचलर इन कम्प्युटिङ एन्ड आइटी’ विषयमा छात्रवृत्ति दिने भएको हो । 

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा ‘एआइटिएम मेयर छात्रवृत्ति’को उद्घाटन गरिएको हो । आर्थिक कठिनाइका कारण बालबालिकाले आफ्नो सपनाबाट वञ्चित हुनुनपरोस् भनेर छात्रवृत्ति कार्यक्रम उद्घोष गरिएको कलेजले जनाएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वडाप्रमुख सुरेशबहादुर शाह, नेपाल प्रहरीका महानिरीक्षक वीरेन्द्र बोहरा, शिक्षा विभागका प्रमुख महेन्द्र क्षत्री तथा ललितपुर जिल्लाका विभिन्न विद्यालय तथा कलेजका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो । 

एआइटिएम कलेजको पहलप्रति ललितपुर महानगरपालिका खुसी भएको मेयर महर्जनले बताए । महानगरले एआइटिएम कलेजसँग थप सहकार्य गर्ने तथा सहयोग गर्ने पनि प्रतिबद्धता जनाए । ‘मेयर छात्रवृत्ति कार्यक्रमको छनोट प्रक्रिया पारदर्शी र गैरराजनीतिक हुने सुनिश्चित गर्नेछौँ,’ उनले भने, ‘ललितपुर महानगरपालिकाले छात्रवृत्ति कार्यक्रमका लागि आह्वान गर्दै सार्वजनिक सूचना जारी गर्नेछ ।’ 

एआइटिएम कलेजका सिइओ डा. रोशन राठीले समाजका निमित्त काम गर्न सक्ने योग्य उम्मेदवारले छात्रवृत्ति पाउने आफूले विश्वास लिएको बताए । उनले यस कार्यक्रमका लागि सहयोग गरेकोमा महानगर र मेयर महर्जनलाई धन्यवादसमेत दिए । भारतबाट क्रेडिट बैंकको अवधारणाबाट प्रेरित एआइटिएम कलेजले अस्ट्रेलिया, बेलायत, स्विट्जरल्यान्ड र क्यानडामा स्नातक र स्नातकोत्तरका लागि क्रेडिट ट्रान्सफर सुरु गरेको सिइओ राठीले जानकारी दिए । एआइटिएम कलेजमा बिएचएममा सेफ सन्तोष शाह छात्रवृत्ति कार्यक्रमसमेत रहेको छ । जसअन्तर्गत एआइटिएम कलेजमा होटेल म्यानेजमेन्ट पढ्ने गरिब तथा जेहेनदार विद्यार्थीले आफ्नो कलेज शुल्कमा शतप्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ad
ad