१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृहमन्त्री खाणसँग बेलायती राजदूत पोलिटको शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:५४:oo

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शिष्टाचार भेट गरेकी छिन्। गृह मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ।

भेटमा गृहमन्त्री खाणले सन् २०१४ देखि २०२१ सम्म सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत परियोजना (आइपिएसएसजे) सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा राजदूत पोलिटलाई धन्यवाद दिए। दोस्रो चरणको आइपिएसएसजे कार्यक्रम कार्यान्वयन गर्न एमओयू हस्ताक्षर गर्ने सम्बन्धमा पनि भेटघाटमा छलफल भएको बताइएको छ। उक्त परियोजनालाई निरन्तरता दिँदै बेलायतको विदेशी राष्ट्रमण्डल एवं विकास कार्यालयले सन् २०२१ को अक्टोबरमा दोस्रो चरणको आइपिएसएसजे कार्यक्रम गर्न स्वीकृत गरिसकेको छ।

मन्त्री खाणले परियोजनाले पहिलो चरणमा सुरक्षा र न्यायमा जनताको पहुँच बढाउन, लैंगिक हिंसा रोक्न तथा प्रहरी र समुदायको सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। परियोजनाको दोस्रो चरण सुरु गर्न आवश्यक एमओयूको मस्यौदामा नेपाल प्रहरीलाई उपकरण र भौतिक संरचनामा धेरैभन्दा धेरै सहयोग गर्ने गरी पुनरावलोकन गर्न नेपालले गरेको आग्रहलाई सकारात्मक रूपमा लिएकोमा मन्त्री खाणले राजदूतमार्फत बेलायत सरकारलाई धन्यवाद दिए।

भेटमा बेलायती राजदूत पोलिटले नेपालमा संक्रमणकालीन न्यायबारे चासो राखेकी थिइन्। मन्त्री खाणले राजनीतिक द्वन्द्व व्यवस्थापनका लागि सरकार विभिन्न राजनीतिक समूह र विद्रोहीसँग गरिएका सहमति कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए। उनले नेत्रविक्रम चन्द विप्लव, जनमत पार्टी र थारू कल्याणकारी सभासँग भएका सहमति कार्यान्वयनको चरणमा रहेको जानकारी गराए।

नेपालको संक्रमणकालीन अवस्थालाई निराकरण गर्न अन्तर्राष्ट्रिय नियोग र विदेशी समुदायले प्रदान गरेको सहयोगका लागि मन्त्री खाणले बेलायती राजदूतलाई धन्यवाद व्यक्त गरे।

ad
ad