१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी
२o८१ बैशाख २१ शुक्रबार o९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

समर्थकलाई शाहिद अफ्रिदीको हास्यास्पद जवाफ

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२३:oo

एसिया कप क्रिकेटअन्तर्गत २८ अगस्टमा दुबई अन्तर्राष्ट्रिय मैदानमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई राष्ट्रबीचको खेल सधैँ चर्चामा रहन्छ । खेल हुने ठीक एक साताअघि आइतबार पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले सामाजिक सञ्जालमा समर्थकहरूलाई हास्यास्पद जवाफ दिएका छन् । 

एक समर्थकले अफ्रिदीलाई चोट बोकेका तीव्र गतिका बलर शाहिन अफ्रिदीको विषयमा प्रश्न गरेका थिए । जसको जवाफमा उनले शाहिन एसिया कपबाट बाहिर रहेका बताएका छन् । समर्थकले पनि शाहिदलाई सन्न्यास तोडेर प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका छन् । 

समर्थकले भनेका छन्, ‘शाहिन चोटका कारण एसिया कपबाट बाहिर भएका छन् । अब तपाईं सन्न्यास फिर्ता लिनुस् ।’ समर्थकको यस जवाफपछि हास्यास्पद शैलीमा अफ्रिदीले भनेका छन्, ‘मैले उनलाई पहिले नै ‘डाइभ’ नगर्न भनेको थिएँ । तिमी फास्ट बलर हो, घाइते हुन सक्छौ । तर, मैले पछि महसुस गरेँ कि ऊ पनि अफ्रिदी नै हो ।’ 

दुवै अफ्रिदीले सँगै पिएसएल खेलेका छन् 
शाहिद अफ्रिदी र शाहिन अफ्रिदीले एकैसाथ पाकिस्तान सुपर लिग (पिएसएल) खेलिसकेका छन् । त्यसैले पनि एकअर्कालाई दुई खेलाडीले नजिकबाट चिन्छन् । शाहिदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । पिएसएल सन् २०२२ सिजनसम्म खेल्दै बिदाइ लिएका थिए । शाहिद अफ्रिदीकी जेठी छोरी र शाहिनबीच विवाह हुँदै छ । तर, विवाहको मिति भने तय भएको छैन । 

छक्का प्रहार गर्ने दोस्रो खेलाडी
शाहिद अफ्रिदी क्रिकेटमा आक्रामक खेलका लागि चिनिन्छन् । अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटमा ४७६ छक्का प्रहार गरेका छन् । सर्वाधिक छक्का हान्ने खेलाडीमा क्रिस गेलपछि उनी दोस्रो स्थानमा छन् । गेलले सर्वाधिक ५५३ छक्का प्रहार गरेका थिए । पाकिस्तानका पूर्वकप्तान शाहिदले २७ टेस्टमा १७१६ रन बनाएर ४८ विकेट लिएका थिए । यस्तै, ३९८ एकदिवसीय खेलमा ८०६४ रनसहित ३९५ विकेट लिएका थिए । अलराउन्डर शाहिदले ९९ टी–२० खेलमा १४१६ रन तथा ९८ विकेट लिए छन् । 

ad
ad