१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ५ आइतबार १०:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थ ज्ञान : के हो बजेट घाटा ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ५ आइतबार १०:५३:००

सामान्यतः सरकारको आम्दानीले धान्न नसक्ने खर्च नै घाटा हो । सरकारको राजस्वले धान्न नसक्ने खर्चको आकारलाई बजेट घाटा भनिन्छ । नेपालमा वैदेशिक अनुदान पनि पछि फिर्ता गर्नुनपर्ने भएकाले अनुदानलाई पनि राजस्वकै हिस्सा मानिन्छ । राजस्व र अनुदानबाहेक जति स्रोत अपुग हुन्छ, त्यो नै बजेट घाटा हो ।

सरकारले यस्तो घाटालाई वैदेशिक र आन्तरिक ऋणबाट पूर्ति गर्दछ । विकासका काम गर्न राजस्व र अनुदान मात्रै पर्याप्त नहुने भएकाले ऋण उठाएरै भए पनि विकास गर्नुपर्छ भन्ने मान्यताका आधारमा संसारभरिका सरकारले घाटाको बजेट बनाउने गर्छन् । तर, कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतभन्दा बढी घाटा हुने गरी बजेट बनाउनु अर्थतन्त्रका लागि राम्रो नमानिने अर्थविद्हरू बताउँछन् । 

सरकारले चालू आर्थिक वर्षका लगि १७ खर्ब ९३ अर्बको बजेट ल्याएको छ । यो खर्च सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब  र अनुदानबाट ५५ अर्ब व्यहोर्ने लक्ष्य लिएको छ । राजस्व र अनुदानबाट व्यहोर्दा पनि बजेटका लागि ४ खर्ब ९८ अर्ब स्रोत अपुग हुन्छ । यही नै चालू आवको बजेट घाटा हो ।