मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ४ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
२o७९ भदौ ४ शनिबार २o:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७९ भदौ ४ शनिबार २o:२२:oo

राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनीष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ। अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा  दायर गरेका  थिए, जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो।

अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट (एसिएमएम) विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उद्धृत गरेका रिपोर्टहरूबाट मानहानीको मुद्दा स्थापना  हुन नसक्ने बताउँदै सो आदेश जारी गरेका हुन्। अदालतले शनिबार आदेश जारी गर्दा तीनैजना अदालतमा उपस्थित थिए।

मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको भने निधन भैसकेको छ। उनको निधनपछि सो मुद्दा उनका भतिजाले  अगाडि बढाइरहेका  थिए। सो मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीनजनाले लामो समयपछि आज सफाइ पाएका छन्।